दीपक-दीपाको बानेश्वरस्थित हलमा शनिबार ‘छक्कापञ्जा ४’ निःशुल्क देखाइने
वि.सं.२०८१ भदौ २८ शुक्रवार ११:२३
798
shares
काठमाडौँ । भोलि शनिबार दर्शकले ‘छक्कापञ्जा ४ निःशुल्क’ हेर्न पाउने भएका छन् बानेश्वस्थित आईएनआई सिनेमाजको पहिलो वार्षिकोत्सवको अवसरमा फिल्म प्रदर्शन गरिने भएको हो ।
शनिबारका तीनवटा शो निःशुल्क हुने जनाइएको छ । हलमा बिहान ११ बजे, दिउँसो २ः३० बजे र बेलुकीको ५ः३० बजेका शो निःशुल्क हुनेछ । हलमा अभिनेता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको पनि लगानी रहेको छ ।
गिरीले सामाजिक संजालबाट भोलि फिल्म निःशुल्क हुने बताएका हुन् । गतवर्ष प्रदर्शनमा आएको फिल्म हिट भएको थियो । हाल यसको पाँचौ श्रृंखला प्रदर्शनको संघारमा छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८१ भदौ २८ शुक्रवार ११:२३
798
shares