अभिनेत्री बेनिशा हमालले किनिन् विद्युतीय कार

882 shares

काठमाडौँ । अभिनेत्री बेनिशा हमालले विद्युतीय कार किनेकी छन् । उनले ओमोडा ब्राण्डको नयाँ विद्युतीय कार किनेकी हुन् ।

हमालले आइतबार झण्डै ६२ लाख रुपैयाँ मूल्य पर्ने उक्त कार किनेकी हुन् । पछिल्लो समय विद्युतीय कारप्रति सेलिब्रेटिहरुको आकर्षण देखिएको छ ।

बेनिशा हाल ‘एक्लो’ को छायांकनमा व्यस्त छिन् । उनि छायांकनका लागि जोमसोममा छिन् । उनको लाइनअपमा ‘मोहर’ र ‘कल्ली’ रहेका छन् ।

 

 

882 shares