आमा बन्दै अभिनेत्री नन्दिता केसी

2.01K shares

काठमाडौँ । अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छन् । शनिबार सामाजिक संजालबाट उनले आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

केसीले फेसबुकमा श्रीमान् र आमा–बुबासँगको दुई तस्वीर सेअर गर्दै आफू आमा बन्न लागेको बताइन् । उनको टीसर्टमा ‘सून टू वी ममी’ लेखिएको छ ।
फोटोको साथमा उनले लेखेकी छन्, ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेकी छु । भगवानको आशीर्वाद र माता(पिताहरूको साथमा आफन्तजन र शुभचिन्तकको आशीर्वादको पूजा गर्दछौं ।’

नन्दिताले गत वर्ष अरिविन्द्रसँग लगानगाँठो कसेकी थिइन् । नन्दिताले ‘इन्द्रेणी’, ‘हामी तीन भाई’, ‘भगवान् सबैको’, ‘सपना’, ‘माया नगर’ लगायत झन्डै तीस बढी फिल्ममा काम गरेकी छन् । अमेरीका गएपछि भने उनि फिल्मबाट टाढिएकी छन् ।

2.01K shares