छायांकनमा निस्कियो ‘होस्टेल ३’

वि.सं.२०८१ भदौ ३० आइतवार १२:४३

काठमाडौँ । होस्टेल फ्रेन्चाइजको तेश्रो पार्टको छायांकन सुरु भएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो ।
मुहूर्तमा फिल्मका कलाकार पारस बम (कुल ब्वाय) र सिम्रन पन्तले संवाद बोलेको थिए । फिल्मको पहिलो चरण छायांकन सेड्युल २५ दिनको रहेको छ । पहिलो सेड्युलको छायांकन बोडे क्षेत्रमा गरिनेछ भने तिहार पछि दोश्रो चरणको छायांकन गरिने जनाइएको छ ।
सशान कँडेलको निर्देशनमा बन्ने फिल्ममा पारस र सिम्रनसहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा आर्यन सिग्देल वार्डेनको भुमिकामा देखिदैछन् भने अभिनेत्री परीक्षा लिम्बु विशेष भूमिकामा देखिनेछिन् ।
माधव शर्माको पटकथा तथा लेखन रहेको फिल्मको कथा निर्देशक कँडेलकै रहेको छ । फिल्मको निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन् । फिल्मको कार्यकारी निर्माता शंकर कोइराला हुन् । फिल्मका लाइन प्रोड्युसर सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह(निर्माता तथा भेषराज गौतम हुन् ।
फागुन १६ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।

वि.सं.२०८१ भदौ ३० आइतवार १२:४३