दोलखामा बोलेरो दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते
वि.सं.२०८१ भदौ ३० आइतवार १४:३९
2.32K
shares

काठमाडौ । दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याकुमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार साझ सिङ्गटीबाट गौरीशंकर गाउँपालिका वडा न ३ सेर्काप्ती जादै गरेको बोलेरो वडा न ४ वडा कार्यलय नजिकै दुर्घटनामा परेको हो । बा २० च ७२६६ नम्बरको बोलेरो दुर्घटना हुँदा गौरीशंकर (३ कि ७५ वर्षीया काली शेर्पा र अन्दाजी ५५ वर्षीय पसि शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक मिङमार शेर्पा, अन्तु शेर्पा र अन्तु शेर्पाकै बुहारी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्वार गरेर सिंगटी प्राथमिक अस्पतालमा ल्याइएको छ ।
वि.सं.२०८१ भदौ ३० आइतवार १४:३९
2.32K
shares





