बाढीपहिरोले देशभर १०० जनाको मृत्यु, ६७ बेपत्ता

1.88K shares

काठमाडौँ । शुक्रबारदेखि परेको निरन्तरको वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनाउनुको साथै ठुलो जनधनको क्षती बनाएको छ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभरमा १०० जनाको मृत्यु भएको छ ।

बाढी पहिरोले ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृहमन्त्रालयका अनुसार ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ ।

यस्तै, दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।

1.88K shares