अनमोलको ‘जेरी अन टप’ मा ‘माग्ने बुढा’को इन्ट्रि

2.2K shares

काठमाडौँ । सुयोग गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘जेरी अन टप’मा केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् । शुक्रबार फिल्मका निर्माता सरोज न्यौपानेले घिमिरेसँग कागजी सम्झौता गरेका हुन् ।

यो सँग फिल्ममा कलाकारको लाइनअप रोचक बनेको छ । फिल्ममा अनमोल केसी, सुरक्षा पन्त, आँचल शर्मा, जसिता गुरुङ यसअगाडि नै फाइनल भइसकेका छन् । यस्तोमा माग्ने बुढाको इन्ट्रिले लाइनअप रोचक बनेको हो ।

फिल्मको छायांकन दशैँ अगाडि नै सुरु गर्ने तयारी निर्माण टिमको रहेको छ । माग्नेबुढाको ‘छक्का पन्जा ५’ प्रदर्शनको संघारमा छ । उनि सम्राट बस्नेतको ‘कङ्गारु’ पनि गर्दैछन् ।

2.2K shares