सुनको मूल्य बढ्यो, तोलाको कति ?
वि.सं.२०८१ मंसिर २६ बुधवार ०७:४८
1.88K
shares

काठमाडौँ । नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ । बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेको छ । बजारमा चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ मंसिर २६ बुधवार ०७:४८
1.88K
shares




