६ दिनमा ‘पुष्पा २’ को कमाइ कति ?

595 shares

काठमाडौँ । यतिबेला हलहरु पुष्पाराजको कब्जामा छन् । यो वर्षकै बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ बिहीबारबाट प्रदर्शनमा आएको थियो । दक्षिण भारतीय फिल्मले नेपाल र भारतका बक्सअफिसमा सुनामी नै ल्याएको छ । फिल्मले दिन प्रतिदिन एकपछि अर्को बक्सअफिस रेकर्ड तोड्दैछ ।

यस्तोमा फिल्मले ६ दिनमा हिन्दी भर्सनमा मात्रै ३७५ करोड भारुको कलेक्सन गरेको छ । फिल्मले बिहीबार ७२ करोड भारुको ओपनिङ गरेको थियो । शुक्रबार ५९ करोड, शनिबार ७४ करोड, आइतबार ८६ करोड, सोमबार ४८ करोड, मंगलबार ३६ करोड भारुको कलेक्सन फिल्मले गरेको छ । फिल्म यो साता ५ सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ ।

फिल्मले तीन दिनमा सर्वाधिक कलेक्सन गर्ने र दुई दिनमा ७० करोड माथिको कलेक्सन गर्ने रेकर्ड बनाएको छ । फिल्मको रफ्तार हेर्दा अझै धेरै रेकर्डहरु ब्रेक हुने अनुमान गरिएको छ ।

सुकुमारले लेखन तथा निर्देशनमा तयार भएको ‘पुष्पा २’मा अल्लू अर्जुन, रश्मिका मन्दाना, फहद फासिल, सुनिल वर्मा लगायतको अभिनय छ ।

595 shares