कति पुग्यो सुन चाँदीको मूल्य ?
वि.सं.२०८२ वैशाख १९ शुक्रवार ०५:५७
2.02K
shares

काठमाडौा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीबार प्रतितोला ४ हजार ६ सय रुपैँयाले घटेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
यता अजा चाँदीको मूल्य भने बढेको छ । बजारमा चाँदीको मूल्य प्रतितोला १५ रुपैँयाले बढेर प्रतितोला १ हजार ९ सय ३० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८२ वैशाख १९ शुक्रवार ०५:५७
2.02K
shares





