आमिरको ‘सितारे जमीन पर’ ले सय करोडको आँकडा पार गर्यो

1.27K shares

काठमाडौँ । बलिउड अभिनेता आमिर खान स्टारर फिल्म ‘सितारे जमीन पर’ ले बक्स अफिसमा १ सय करोडको आँकडा पार गरेको छ । फिल्मले प्रदर्शनको ९ दिनमा सय करोडको आँकडा पार गरेको हो ।

फिल्मले शनिबारसम्म भारतमा १ सय ८ करोड भारूको व्यापार गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो साता ८९ करोड कमाएको फिल्मले दोस्रो शुक्रबार ६ करोड ६५ लाख र शनिबार १२ करोड ७५ लाख कमाएको छ।

यो फिल्मले विश्वव्यापी रूपमा लगभग १ सय ६५ करोड भारू कमाएको छ। यससँगै यो वर्षको पाँचौं सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ।

प्रसन्न आरएस निर्देशित यो फिल्ममा आमिरसँगै जेनेलिया देशमुख मुख्य भूमिकामा छन् ।

1.27K shares