यस्तो देखियो ‘माग्ने राजा’को टिजर
वि.सं.२०८२ असार १६ सोमवार ०९:४२
1.93K
shares

काठमाडौँ । चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक भएको छ । सोमबार फिल्मको २ मिनेटको टिजर सार्वजनिक गरिएको हो ।
सार्वजनि टिजरमा माग्ने बुढालाई महत्वका साथ प्रस्तुत गरिएको छ । अथाह पैसा भएको तर जीवनशैली सामान्य भएको रमाइलो पात्रको रुपमा केदार घिमिरेलाई प्रस्तुत गरिएको छ । टिजरमा ९० प्रतिशत स्थान घिमिरेले ओगटेका छन् ।
केदारको यो पहिलो सोलो रिलिज हुने फिल्म हो । यो पटक फिल्मको भारी उनकै काँधमा छ । सामिप्यराज तिमल्सीनाको कथा रहेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।
फिल्ममा केदारको साथमा वर्षा शिवाकोटी, विल्सन बिक्रम राई , शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल, मिस पवि लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्म तिजको अवसर पारेर भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।
वि.सं.२०८२ असार १६ सोमवार ०९:४२
1.93K
shares





