परेश रावल ‘हेरा फेरी ३’ मा फर्किए

1.56K shares

काठमाडौँ । चर्चित बलिउडका अभिनेता परेश रावल ‘हेरा फेरी ३’ मा फेरि अभिनय गर्ने पक्का भएको छ । केही समयअगाडि परेश चलचित्रबाट बाहिरिएको खबर सार्वजनिक भएको थियो ।

हालै सार्वजनिक एक पोडकास्टमा रावलले समस्या समाधान भएको जानकारी दिएका छन् । रावलले निर्माता तथा अभिनेता अक्षय कुमारसँगको मतभेद मिलिसकेको र चलचित्रको छायांकन नियमित प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । ‘सबै कुरा समाधान भइसकेको छ। अब सबैले मिलेर मिहिनेत गर्नुपर्छ’ उनले हिमांशु मेहतासँगको पोडकास्टमा भनेका छन् ।

‘हेरा फेरी ३’ मा रावलसँगै अभिनेता अक्षय कुमार र सुनील शेट्टी फेरि एकपटक देखा पर्नेछन् । उनको पुनरागमनको खबरले दर्शकहरूबीच उत्साह देखिएको छ ।

1.56K shares