किन भेटिन् रेखा थापाले गृहमन्त्री लेखकलाई ?

1.54K shares

काठमाडौँ । अभिनेत्री रेखा थापाले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छन् । मंगलबार उनले सिंहदरबार पुगेर लेखक भेटेकी हुन् ।

थापाले गृहमन्त्रीलाई भेटेर नेपाल नागरिकता (दोस्रो) विधेयक २०८२ संसदबाट बहुमतले पारित भएकोमा बधाई दिएकी छिन् । गृहमन्त्रीसँगको भेटपछि थापाले सामाजिक संजालमा गृहमन्त्रीसँगको तस्वीर राख्दै खुशी व्यक्त गरेकी छन् । ‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जाँदाखेरी बाबुको खोजी हुन्छ । तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन । अब यस्तो परिस्थितिको अन्त्य भएको छ । नेपाल सरकार एवम गृहमन्त्रीलाई यो साहसिक कदमका लागि धेरै धेरै बधाई । तमाम नागरिकताविहीन नेपाली नागरिकलाई धेरै बधाई । महिलालाई अधिकारका क्षेत्रमा यो सुनौलो काम भएको छ ।’

गृहमन्त्री लेखकले गत शनिबार उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पेस गर्दै लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको प्रतिक्रिया दिएका थिए ।

1.54K shares