अराजक तत्वले स्पेनमा मान्छे छाडेर आयो भनेर घटिया प्रचार गरे : प्रधानमन्त्री

1.61K shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको बताएका छन् । आज झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन कार्यक्रममा ओलीले त्यस्ता घटिया कुराको जवाफ दिन आवश्यक नरहेको बताएका हुन् ।

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किलोमिटर लामो सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरु शेरधन राई, उद्वव थापालगायत सहभागी हुनुहुन्थ्यो ।

1.61K shares