कियारा र सिद्धार्थ बने आमाबुवा
वि.सं.२०८२ साउन १ बिहीवार ०८:५५
1.62K
shares

काठमाडौँ। बलिउडको क्युट जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा आमाबुवा बनेका छन् । कियाराले मंगलबार साँझ मुम्बइको एक अस्पतालमा आफ्नो पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन्। बुधबार सिद्धार्थ र कियाराले आफूहरू आमाबुवा बनेको इन्स्टाग्राममार्फत आधिकारिक घोषणा गरेका छन्।
सामान्य प्रसवपछि छोरीलाई जन्म दिएकी कियारा र नवजात शिशु दुवैको स्वास्थ्य राम्रो रहेको भारतीय संचारमाध्यमले जनाएका छन्। सन २०२१ को हिट फिल्म शेरशाह को छायांकनका क्रममा सिद्धार्थ र कियारा नजिक भएका थिए। उनीहरूले फेब्रुअरी २०२३ मा विवाह गरेका थिए।
वि.सं.२०८२ साउन १ बिहीवार ०८:५५
1.62K
shares





