फिल्म नचलेपछि ‘रियाल रिंगेट’को प्रदर्शन रोक्ने निर्माताको निर्णय

2.02K shares

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘रियाल रिंगेट’को प्रदर्शन रोकिने भएको छ । फिल्मका निर्माता गगनलाल प्रधानले एक विज्ञप्ती जारी गर्दै सोमबारदेखि फिल्मको प्रदर्शन स्थगन हुने बताएका हुन् ।

हलहरुले उचित शो नदिएको कारण प्रदर्शन रोक्ने निर्णय गरिएको निर्माण टिमले जनाएको छ । ‘दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त हुँदाहुँदै र हललाई बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शोको बारेमा बेवास्ता गरिएको कारणले हामीले प्रदर्शन स्थगित गर्ने जस्तो कठोर निर्णय लिन बाध्य भयौँ’ निर्माता प्रधानले उल्लेख गरेका छन् ।

विभोर पोखरेलले निर्देशन गरेको फिल्ममा खाडी मुलुकमा रोजगारीको सिलसिलामा गएका नेपालीको जीवन भोगाइलाई देखाइएको छ । फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापाको अभिनय छ ।

2.02K shares