बहुविवाहको काानुनी प्रस्ताव आममहिलाको लागि अपमान हो : केकी अधिकारी
वि.सं.२०८२ साउन १९ सोमवार ११:१५

काठमाडौँ । सरकारले निश्चित परिस्थितीमा छुट दिने गरि बहुविवाहको कानुन ल्याउने तयारी गरेपछि यसको सर्वत्र विरोध भएको छ । यस्तोमा कलाकारहरु पनि यसको विरोधमा उत्रेका छन् ।
यस्तो प्रस्तावप्रति असहमत जनाउँदै अभिनेत्री केकी अधिकारीले यो प्रस्ताव आम महिलाको अपमान भनेकी छन् । उनले लेखेकी छन् , ‘यस्तो कानुनी प्रस्ताव आममहिलाका लागि अपमान हो । कानुनी संरक्षणमा पुरुषलाई सामाजिक अपराध गर्न छुट दिने प्रावधान हो । बहुविवाहलाई वैध बनाउने प्रयास समाजलाई पछाडि फर्काउने दुस्साहस हो । जो हुनुहुँदैन ।’
सरकारले मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउन लागेको जनाइएको छ ।
विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागिएको विवरणमा उल्लेख छ ।
वि.सं.२०८२ साउन १९ सोमवार ११:१५





