विराज भट्ट स्टारर ‘राम नाम सत्य’को शुभमूहुर्त

3.95K shares

काठमाडौँ । माइकल चन्दको निर्देशन रहने फिल्म ‘राम नाम सत्य’को शुभमूहुर्त भएको छ । विहीबार पाटनको बंगलामुखि मन्दिरमा फिल्मको शुभमूहुर्त गरिएको छ ।

मूहुर्तमा फिल्मका मुख्य कलाकार विराज भट्ट, सुशिल श्रेष्ठ, दीव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, खुसी कार्की, कनिज कोइराला लगायतको उपस्थिति थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको पनि उपस्थिति रहेको थियो ।

फिल्म केहि दिनमै छायांकनमा जाने बताइएको छ । ‘१२ गाउँ’ पछि राम्रो फिल्म गर्नुपर्ने दबाब विराजमा छ । दर्शकको सोहि अपेक्षा पुरा गर्न राम नाम सत्य गरेको विराजले बताए ।

फिल्म अगामि नयाँ वर्षमा रिलिज गरिने जनाइएको छ ।

3.95K shares