बक्सअफिसमा रजनीकान्तको ‘कुली’को सुनामी, कति कमायो ?
वि.सं.२०८२ साउन ३१ शनिवार १३:१४
1.66K
shares

काठमाडौँ । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको ‘कुली’ले यतिबेला बक्सअफिसमा सुनामी ल्याएको छ । ७४ वर्षीय रजनीकान्तको स्टारडम थियटरमा देखिएको छ ।
फिल्मले प्रदर्शनको दुई दिनमै विश्वभरबाट २५५ करोड भारुको कलेक्सन गरेको छ । लोकेश कनगराज निर्देशित फिल्मले स्वतन्त्रता दिवसको बिदाको फाइदा उठाउँदै रजनीकान्तको करिअरकै सबैभन्दा ठुलो हिट बन्न सक्ने संकेत देखाएको छ ।
फिल्मले दुई दिनमा भारतभित्रमात्रै २२८ करोड भारु कलेक्सन गरेको छ । फिल्मको यही गति कायम रहे सप्ताहन्तभित्रै ४ सय करोडको आँकडा पार गर्ने जनाइएको छ।
वि.सं.२०८२ साउन ३१ शनिवार १३:१४
1.66K
shares





