माओवादी बैठकको उदघाटनमै होहल्ला

1.34K shares

काठमाडौं । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै होहल्ला भएको छ । पार्टीका युवा नेताहरुले बैठकको सुरुमै होहल्ला गरेका हुन् ।

होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ । बैठक उदघाटन समारोहको रिपोर्टिङ गर्न पत्रकारहरु गएका थिए ।

बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका थिए । सोहि क्रममा होहल्ला भएपछि महासचिव देव गुरुङले पत्रकारहरुलाई बाहिर गइदिन भनेका हुन् ।

1.34K shares