२ दिनमा ५३ हजार रुपैयाँ घटेको सुनको मूल्य आज बढ्यो
वि.सं.२०८२ माघ २० मंगलवार ०५:३७
553
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । दुई दिनको उच्च गिरावटपछि आज सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५ हजार २०० रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ३३५ रुपैयाँ पुगेको हो ।
वि.सं.२०८२ माघ २० मंगलवार ०५:३७
553
shares








