दोलखामा मतगणना कार्य अगाडि नबढाउन निर्देशन

1.81K shares

निर्वाचन आयोगले दोलखामा मतगणना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ । नेकपा एमालेले सत्ता गठबन्धन दलले बुथ कब्जा गरेको उजुरी दिएपछि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई एक पत्र लेखि अर्को निर्देशन नआउञ्लेसम्म मतगणना कार्य अगाडि नबढाउन निर्देशन दिएको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदानको सम्बन्धमा आयोगबाट निर्णय भई नआएसम्म मतगणना सम्बन्धी प्रक्रिया नबढाउन निर्देशन आएकाले अर्को सूचना जारी नभएसम्मका लागि मतगणना कार्य स्थगीत भएको जनाइएको छ ।

निर्वाचन आयोगले दोलखाका बुथ कब्जा भएका ठाउँमा पुनस् निर्वाचन गर्ने गरि आन्तरिक तयारी गरिरहेको र आज साझ सम्म निर्णय आइसक्ने जनाइएको छ ।

एमालेले उजुरीमा बैतेश्वोर माबी मतदान केन्द्र–६, वडा कार्यलय पिपलबोट मतदान केन्द्र बैतेश्वोर–१, मितदान केन्द्र मेलुङ–४ लगायतका विभिन्न ठाउँमा गठबन्धनले एकलौटी ढंगले बुथ कब्जा गरेको भन्दै पुन निर्बाचन गराउन माग गरेको थियो ।

1.81K shares