दोलखामा ९ बजेबाट मतगणना सुरु हुने
वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:३५
1.53K
shares

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बेलुका ९ बजेबाट सुरु हुने भएको छ । आज भएको पुन मतदानपछि बसेको सर्वदलिय बैठकले ९ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
मंसिर ४ गते भएको निर्वाचनमा धाँधलि भएको भन्दै एमालेले उजुरी दिएपछि निर्वाचन आयोगले १० वटा मतदान केन्द्रमा पुन मतदान गराएको थियो । बैत्यश्वर गाउँपालिका वडा नम्बर २, ३ र ६ को ८ वटा मतदान केन्द्र र तामाकोसी गाउँपालिका–२ जफेको हेल्थपोस्ट मतदानस्थलका २ वटा केन्द्रमा आज पुन मतदान भएको हो ।
उक्त मतदान केन्द्रहरुमा ८ हजार ५ सय १४ मतदाता रहेकोमा ४ हजार २ सय ५७ मत खसेको छ ।
वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:३५
1.53K
shares





