केहर सिंह लिम्बुको ‘तिमीलाई सम्झेर हेर दिन बित्यो’ सार्वजनिक
वि.सं.२०७९ पुस १५ शुक्रवार ०७:५६
2.65K
shares

काठमाडौँ । केहर सिंह लिम्बुको ‘तिमीलाई सम्झेर हेर दिन बित्यो’ गीत सार्वजनिक भएको छ । बिनोद तामाङ अफिसियल युट्युव च्यानलमार्फत गितको भिडियो सार्वजनिक भएको हो ।
गीतमा लिम्बुकै शब्द संगीत रहेको छ । बिनोद तामाङ र नेहा तामाङले अभिनय गरेको भिडियो लाई बिजय मगरले निर्देशन गरेका छन् । भिडियोलाई सनम तामाङले छायांकन गरेका हुन् भने अर्जुन खड्काले सम्पादन गरेका छन् ।
पछिल्लो समय निकै चर्चामा रहेको अनी सामाजीक संजालमा भाइरल भैरहेको उक्त म्युजिक भिडियोमा अहीलेको युवा पुस्तालाई लक्षित गरी प्रस्तुति गरीएको र उक्त म्युजिक भिडियो दर्शकहरुले बिषेश गरी युवा माझ लोकप्रिय हुने कुरामा आफु बिस्वस्त रहेको निर्देशक बिजय मगरले बताए ।
वि.सं.२०७९ पुस १५ शुक्रवार ०७:५६
2.65K
shares





