ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

1.32K shares

काठमाडौँ । सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैँयाले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैँयाले बढेर १ लाख ११ हजार ८ सय रुपैँया कायम भएको छ ।

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैँया पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ रुपैँया पुगेको छ ।

1.32K shares