‘नम्बरी सुन’को शिर्ष गीत सार्वजनिक
वि.सं.२०८० जेठ १ सोमवार ११:०५
1.4K
shares

काठमाडौँ । चलचित्र ‘नम्बरी सुन’को शिर्ष गीत सार्वजनिक भएको छ । आज फिल्मको निर्माण टिमले एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो ।
‘नम्बरी सुन’ बोलको गीतमा गौरव पहारी र नम्रता श्रेष्ठले ठुम्का लगाएका छन् । नारायण खातीको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । गीतमा राजेश पायल राई र शान्ति श्री परियारले स्वर दिएका छन् ।
शिवम अधिकारीको कथा रहेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका छन् । फिल्ममा सरोज खनाल, नम्रता श्रेष्ठ, गौरव दर्पन, बुद्धि,राजाराम पौडेल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
वि.सं.२०८० जेठ १ सोमवार ११:०५
1.4K
shares





