बर्गर हाउसलाई पब्लिक कम्पनी बनाउने तयारी
वि.सं.२०८० जेठ ३२ बिहीवार ०७:४६

काठमाडौँ । चर्चित ‘द बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकेन’ले बर्गर ग्रुपलाई पब्लिक कम्पनी बनाउने तयारी सुरु गरेको छ । बुधबार काठमाडौँमा आयोजना गरिएको बर्गर बिजनेस कन्फ्रेन्समा कम्पनीका संस्थापक वसन्त लामाले पब्लिक कम्पनी बनाउने तयारी सुरु भएको बताए ।
कन्फ्रेन्सलाई पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै गुरुङले विकासलाई उचाइ दिन उद्यमशील बन्नु पर्ने बताए ।
त्यस्तै, समापन समारोहमा उपस्थित प्रतिनिधिसभा सदस्य तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले व्यवसायको क्षेत्रमा बर्गर हाउसले खेलेको भूमिकाको प्रशंसा गरे ।
द बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकेनको हाल देशभरमा १ सय ४८ वटा शाखा रहेका छन् । छोटो समयमा बर्गर हाउसले यति धेरै शाखाहरु स्थापना गरेको हो ।
वि.सं.२०८० जेठ ३२ बिहीवार ०७:४६





