अवैध बेटिङ गरेको आरोपमा ८ जना चर्चित कलाकार र युट्युबर पक्राउ
वि.सं.२०८० जेठ ३२ बिहीवार ०८:३१
1.41K
shares

काठमाडौँ । अनलाइन बेटिङ गरेको आरोपमा प्रहरीले चर्चित कलाकार र युट्युवरलाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ मा बेटिङ र त्यसको विज्ञापन गरेको पाएपछि ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, पवन खतिवडा ‘म्याकुरी’, राजु पौडेल ‘राजु मास्टर’, युट्युबर एलिस राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, युट्युबर गणेश देवकोटा ‘जिडी’, सरोज घिमिरे ‘ढेडु बुढो’, बेगम नेपाली ‘भटभटे माइला’ रहेका छन् । उनिहरुले सट्टेबाजी गर्नुको साथै वान एक्स बेटको प्रचार गरेको जनाइएको छ ।
पछिल्लो समय प्रहरीले अनलाइन बेटिङमा संलग्नहरुलाई कारबाही प्रक्रीयामा आक्रमकता देखाएको छ । प्रहरीले बुधबारमात्रै बेटिङ गर्ने पाँच जनालाई पक्राउ गरेको थियो ।
वि.सं.२०८० जेठ ३२ बिहीवार ०८:३१
1.41K
shares








