गौरीशंकरमा जनतालाई झुक्याएर वडाध्यक्षले महँगोमा किने आफ्नै जग्गा, भ्रष्टचारको आशंका !

2.02K shares

दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रोहित बुढाथोकीले गुपचुपमा आफ्नै जग्गा वडाका लागि खरिद गरेका छन् । उनले जग्गा खरिद सम्बन्धि कुनै सूचना प्रकाशन नगरी आफ्नै बुबाको नाममा रहेको लगभग २ रोपनी जग्गा वडाका लागि खरिद गरेका हुन् ।

वडा कार्यालयले गत वर्षको माघ २७ गते वडावासीलाई खेलकुद मैदानका लागी निशुल्क ५ रोपनी जग्गा दान गर्नको लागी सूचना जारी गर्यो । तर, जनतालाई निशुल्क जग्गा दान गर्न सूचना जारी गरेका बुढाथोकी आफैँले भने कसैले थाहा नपाउने गरि आफ्नै जग्गा वडाका लागि महँगोमा किनेका हुन् । वडाले अहिलेसम्म जग्गा खरिद सम्बन्धी कुनै सुचना प्रकाशन नगरेको जनाइएको छ ।

वडामा प्रशस्त सरकारी जग्गा हुँदापनि यसरी गुपचुपमा आफ्नै जग्गा खरिद गर्नु पैशा खाने मेलो रहेको एक स्थानीयले बताए । वडाका एक जनप्रतिनिधिका अनुसार स्थानीय स्तरमा चलेको रकम भन्दा धेरै महँगोमा जग्गा खरिद भएको बताए ।

2.02K shares