‘गोर्खा वारियर’को प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने

1.47K shares

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेपाली चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरमा सहभागि हुने भएका छन् । फिल्मका निर्देशक मिलन चाम्सले प्रिमियरमा सहभागिताको लागि बुधबार दिएको निम्तो साम्पाङले स्विकारेका हुन् ।

फिल्मको प्रिमियर लण्डनमा रहेको संसारकै दोस्रो ठुलो थिएटर चेन आइम्याक्स सिनेवल्र्डमा भदौ २४ (१० सेप्टेम्बर) मा हुनेछ । फिल्ममा सन् १९४९ मा भएको मलाया युद्धमा गोर्खा सैनिकले देखाएको बहादुरीको कथा समेटिएको छ ।

केहि समय अगाडि निर्देशक चाम्सले पत्रकार भेटघाट कार्यक्रममा आइम्याक्स सिनेवर्ल्डमा नेपाली फिल्मको प्रिमियर गर्ने २० वर्षदेखिको सपना पुरा हुन लागेको बताएका थिए ।

1.47K shares