अनिल केशरी शाह रास्वपा प्रवेश

1.36K shares

काठमाडौँ । चर्चित बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । बिहीबार पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।

३२ वर्ष नेपालको बैंकिङ क्षेत्रमा काम गरेर चर्चा कमाएका शाहलाई पार्टी सभापति रवि लामिछानेले पार्टीको लोगो लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गरेकै दिन शाहलाई रास्वपाले प्रशिक्षण विभागको प्रमुख बनाएको छ ।

1.36K shares