प्रकाश सपुतको ‘दमाई महाराज’ सार्वजनिक
वि.सं.२०८० साउन ६ शनिवार ०४:५०
1.74K
shares

काठमाडौँ । पछिल्लो समयका चर्चित गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको छ । शुक्रबार उनले आफ्नै युट्युव च्यनलमार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
प्रत्येक पटक सामाजिक विषयलाई कथाबस्तु बनाएर कलात्मक तरिकाले सिर्जना गर्ने सपुतले यो पटक जातीय विभेदलाई मुद्दा बनाएका छन् । भजन शैलीको गीतमा सपुत र शान्तिश्री परियारले स्वर दिएका छन् ।
सपुतकै शब्द र संगीत रहेको गीतको भिडियोमा उनकै निर्देशन रहेको छ । भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका छन् ।
वि.सं.२०८० साउन ६ शनिवार ०४:५०
1.74K
shares





