‘जारी’ले मनायो सय दिन, कति कमायो ?
वि.सं.२०८० साउन ६ शनिवार ०५:०३

काठमाडौँ । दयाहाङ राई स्टारर फिल्म जारीले बक्स अफिसमा सय दिन मनाएको छ । पछिल्लो समय दुई दिन हलमा फिल्महरु नटिकिरहेको बेला जारीको यो सफलता दुर्लभ बन्न पुगेको छ ।
गत बैसाख बाट प्रदर्शनमा आएको फिल्मले क्युएफएक्स चेनको सिभिल मल, बिग मुभिज, एफक्यूब हलमा सयदिन मनाएको हो । करिब तीन वर्षपछि नेपाली फिल्मले सय दिन मनाएको हो । यसअगाडि २०७५ सालमा ‘शत्रु गते’ले सय दिन मनाएको थियो ।
लिम्बु परम्परामाथि आधरित फिल्ममा दयाको साथमा मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु लगायतका कलाकारको अभिनय रहेको थियो । फिल्लाई उपेन्द्र सुब्बाले निर्देशन गरेका थिए । सुब्बाको यो पहिलो निर्देशन हो । पहिलो फिल्ममै उनले आफूलाई अब्बल सावित गरेका छन् ।
रामबाबु गुरुङ निर्माता रहेको फिल्मले हालसम्म १७ करोड १७ लाख रुपैँया ग्रस कलेक्सन गरिसकेको छ ।
वि.सं.२०८० साउन ६ शनिवार ०५:०३





