अपर तामाकोशी हाइड्रोले शेयरधनीलाई फेरी गर्यो शेयर डिम्याट गराउन आग्रह

2.24K shares

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयरधनिलाई शेयर डिम्याट गराउन आग्रहर गरेको छ । निकट भविष्यमै हकप्रद शेयर जारी गर्न लागेको कम्पनीले शेयर अभौतिकरण नगरेका शेयरधनीलाई डिम्याट गराउन आग्रह गरेको हो ।

कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने संचयकर्ता, कम्पनीमा ऋण दिने संस्थाका कर्मचारीहरु र आयोजना प्रभावितलाई भौतिक रुपमा शेयर प्रमाणपत्र वितरण गरिएको हुँदा आफ्नो शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको हो ।

कम्पनीले निकट भविष्यमा १ः१ का दरले हकप्रद निष्काशन गर्न लागेकोले हकप्रद शेयरको लागि आवेदन दिन समेत डिम्याट खाता खोली शेयर अभौतिकीकरण अनिवार्य रहेको बताएको छ । साथै, कम्पनीले डिम्याट खाता नभएका शेयरधनीहरुलाई समेत समयमै डिम्याट खाता खोलि आफनो नामको शेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ ।

2.24K shares