बैतडीमा छाउपडिमा सुतेको अवस्थामा एक किशोरिको मृत्यु

1.74K shares

काठमाडौ । महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा सुतेकै अवस्थामा मृत्यु भएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

मृतक किशोरीको जन्म घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको छ । महिनावारी भएको बेला गोठमा सुतिरहेको अवस्थामा अनितालाई मङ्गलबार राति सर्पले टोकेको र बुधवार बिहान किशोरीको मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाका स्थानियले बताए।

अनिता जवलपुर मावि सैलोडामा कक्षा १० मा अध्ययनरत रहेकि थिइन।किशोरीका बुवा रोजगारीका लागि भारतमा रहेका छन्।

1.74K shares