पहिरो पिडित लाई अनेरास्ववियु र युवा संघले राहत बाड्यो

1.93K shares

काठमाडौ । नेकपा एमालेको जनवर्गिय संघठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले कैलालिका पहिरो पीडितलाई आफुले सक्ने सहयोग गरेको हो। बुधबार अनेरास्ववियु कैलाली जिल्ला कमिटी र राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर कमिटीले संयुक्त रुपमा सहयोग गरेका छन । अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले गोदावरी नगरपालिकास्थित वडा नम्बर ४ बुढीतोलाका ६ परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिए।

पीडित लाई खाद्यान्नको अभाव भएको जानकारी पाएपछि अनेरास्ववियुले सहयोग प्रदान गरेको हो। धनगढीबाट अनेरास्ववियुका केन्द्रिय सदस्य कंचनपुर इन्चार्ज किशोर शाह, अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटी, राष्ट्रिय युवा संघ नेपालका धनगढी नगर कमिटी अध्यक्ष अभिषेक लोक नाथ, नगर सह(सचिव आयुश ओली, ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति कुबेर खड्का, युवा संघका जिल्ला सदस्य हिमान्शु शाह, अनेरास्ववियु एसपीए क्याम्पसका संयोजक ज्ञानु जेठारा लगायत गएर सहयोग हस्तान्तरण गरेका थिए। पहिरो पिडित भन्छन सहयोग पाएपछि राहत महसुस भएको छ।

1.93K shares