प्रिमियम मूल्यमा सन नेपाल लाइफको आइपीओ खुल्यो
शेयर निष्काशन बन्द छिटोमा भदौ ४ गते र ढिलोमा भदौ १४ गतेसम्ममा हुने
वि.सं.२०८० साउन ३२ बिहीवार ०२:४५

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि निष्काशन भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि ६० हजार कित्ता, सामूहिक लगानी कोषका लागि ४ लाख ८० हजार कित्ता शेयर छुट्याईएको छ । कम्पनीका कर्मचारीहरुका लागि भने १०० अंकिच मूल्यमा ४ लाख ८० हजार कित्ता शेयर छुट्याईएको छ ।
कम्पनीको शेयरमा सर्वसाधारणले अंकित मूल्यमा थप १३९ रुपैँया प्रिमियम थप गरि ७६ लाख ८० हजार कित्तामा आवेदन दिन सक्नेछन् । आवेदकले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
शेयर निष्काशन बन्द छिटोमा भदौ ४ गते र ढिलोमा भदौ १४ गतेसम्ममा हुने कम्पनीको शेयरनिष्काशन तथा विक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ्गले जनाएको छ ।
वि.सं.२०८० साउन ३२ बिहीवार ०२:४५






