ब्राउनसुगर सहित एक युवा पक्राउ

2.36K shares

काठमाडौ ,प्रहरीले टीकापुरबाट २ सय मिलिग्राम ब्राउनसुगरसहित १ युवकलाई पक्राउ गरेको हो। सोमबार दिउँसो टीकापुर नगरपालिका वडानम्बर ३ कटानपुरबाट सोही ठाँउका १९ वर्षीय जितु चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरको गस्ती टोलीले शङ्का लागेर चेकजाँच गर्दा चौधरीको साथबाट ब्राउनसुगर फेला परेको हो।

2.36K shares