अपर तामाकोशीको हकप्रद आजदेखि
वि.सं.२०८० भदौ १८ सोमवार ०४:५१
2.74K
shares

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर बिक्री खुला भएको छ । कम्पनीले आजदेखि १ बराबर १ को अनुपातमा हकप्रद बिक्री खुला गरेको हो ।
कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीको शेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिन्छ ।
हकप्रद प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोजको मिति तोकेको थियो । यस संगै साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
हकप्रद निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक र सनराइज क्यापिटल सह बिक्रि प्रबन्धक रहेको छ ।
वि.सं.२०८० भदौ १८ सोमवार ०४:५१
2.74K
shares




