सोनापुर सिमेन्टको आईपीओ बाँडफाँड
भाग्यमानी ८ जनाले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
वि.सं.२०८० असोज २४ बुधवार ०३:५९

काठमाडौँ । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) को आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार शेयर बाँडफाँड गरेको हो ।
कम्पनीको आईपीओमा परेको ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदनमध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य रहेको बिक्री प्रबन्धकले जनाएको छ । योग्य आवेदकमध्ये १० लाख ३२ हजार १ य ३२ जनाले गोलाप्रथामार्फत १० कित्ता शेयर प्राप्त गरेका छन् । त्यस्तै, भाग्यमानी ८ जनाले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
आईपीओको नतिजा बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ ।
वि.सं.२०८० असोज २४ बुधवार ०३:५९






