‘हात्तीछाप’सँग भिड्दै रेखाको ‘उपहार’

2.9K shares

काठमाडौँ । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’ माघ २६ गते प्रदर्शनमा आउने भएको छ । नयाँ वर्षको अवसरमा प्रदर्शनको तयारि गरिएको फिल्म अब यसै वर्षको माघमा रिलिज हुने भएको छ ।

रामबाबु गुरुङको फिल्म ‘डिग्रि माइला’ नयाँ वर्षमा प्रदर्शन हुने भएपछि प्रदर्शन मिति अगाडि सारिएको ‘उपहार’ले ‘हात्तिछाप’सँग भिडन्त गर्नेछ । किरण नेपालीले निर्माण गरेको ‘हात्तीछाप’ पनि दर्शकले प्रतिक्षा गरिरहेको फिल्म हो ।

अघिल्लो वर्षको हिट चलचित्र ‘दुई नम्बरी’को टिमलाई लिएर तयार गरिएको ‘हात्तिछाप’मा कलाकारको लाइनअप एकदमै राम्रो रहेको छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यस्तै, ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भइरहेको उपहारमा रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल मुख्य भुमिकामा रहेका छन् । ज्ञानेन्द्रले गत वर्ष हिट फिल्म ‘झिँगेदाउ’ दिएका थिए ।

 

2.9K shares