खेलाडीहरुका लागि नेतृ संगीता पाख्रिनले स्थापना गरिन अक्षय कोष

3.12K shares

दोलखा । नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले खेलाडीहरुका लागि अक्षय कोषको स्थापना गरेकी छन् । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरेको अध्यक्ष कपको उद्घाटन समारोहमा बोल्दै पाख्रिनले दोलखाको खेलाडीहरुका लागि कोष स्थापना गर्ने घोषणा गरेकी हुन् ।

पाख्रिनले सुरुमा १० हजार रुपैँयाबाट कोषको सुरुवात गर्ने बताइन् । आगामी १० वर्षसम्म कोषलाई सहयोग गर्ने प्रतिवद्धता समेत उनले गरिन् । कोषमा जम्मा भएको रकम खेलाडीको दुर्घटना तथा आर्थिक अभाव पर्दा प्रयोग गरिने छ ।

 

3.12K shares