योगेश भट्टराईमाथि आक्रमण
वि.सं.२०८० मंसिर १० आइतवार १२:२९
2.51K
shares

काठमाडौँ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । आइतबार ताप्लेजुङको कार्यक्रम सकेर काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै उनको गाडि तोडफोड भएको हो ।
आजै दिउँसो एमाले र पहिचान पक्षधर कार्यकर्ताबीचमा झडप भएको थियो उनिहरुले भट्टराईको घर अगाडि प्रदर्शन गरेका थिए । त्यस्तै, काठमाडौँ फर्कने क्रममा पनि पहिचान पक्षधर सात–आठजनाको टोलिले भट्टराईमाथि आक्रमण गरेको हो ।
वि.सं.२०८० मंसिर १० आइतवार १२:२९
2.51K
shares





