भोलिदेखि सुर्तीजन्य पदार्थ बेचे महानगरले पसल नै बन्द गरिदिने

2.29K shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र भोलि अर्थात मंसिर २८ गतेदेखि सुर्तीजन्य पदार्थको बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महानगरले महानगरभित्रका सबै पसलमा अनुगमन गरिने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ पाए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटे पसल नै बन्द गर्ने गरिदिने जानकारी दिएको छ ।

यसका लागि महानगरले महानगरका ४ क्षेत्रमा १० जना गरी पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोशाकका प्रहरी परिचालन गर्नेछ । त्यस्तै, महानगरले सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए उक्त स्थानबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिवाना गराउने छ ।

काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ सुर्तीजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार यो व्यवस्था लागु गर्न लागेको महानगरले जनाएको छ ।

2.29K shares