नेप्सेमा छायो हरियाली
वि.सं.२०८० पुस २३ सोमवार १०:१४
2.59K
shares

काठमाडौँ । साताको दोस्रो कारोबार दिन पूँजीबजारमा उछाल आएको छ । सोमबार नेप्से ३६.५७ अंकले बढेको हो ।
बजारमा म्युचुअल फण्डबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको शेयर मूल्य वृद्धि आएको छ । त्यस्तै, हाइड्रोपावर समूह २.८१ प्रतिशतले बढेको छ ।
बजारमा चार वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । नेप्सेमा हरियाली छाउँदा ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
वि.सं.२०८० पुस २३ सोमवार १०:१४
2.59K
shares




