प्रमोद र रोजिनाको ‘तिम्रो साथ बिना’ सार्वजनिक

784 shares

काठमाडौँ । गायक प्रमोद खरेल र रोजिना बस्नेतको तिम्रो साथ बिना बोलको गीत सार्वजनिक भएको छ । द भोइस अफ नेपालको टप ११ बाट बाहिरिए पनि प्रमोद खरेलले लोकप्रिय संगीतकार अर्जुन पोखरेलको शब्द संगीतमा अवसर प्रदान गरेका हुन ।

गीतलाई छोटो समयमा पनि दर्शकहरुले अत्याधिक हेरेर युट्युबको ट्रेन्डिङ्ग मा परेको छ । अभिनास पासवानको एरेन्ज नरेश बिबिसिको मिक्स मास्टरिङ्ग रहेको गीतलाई रोशन बिश्वकर्माले कोरियोग्राफी गरेका हुन ।यस गीतमा बुद्द थापाको छायान्कन रहेको छ भने अर्जुन तिवारीले निर्देसन गरेका छन । दिपा सिटौलाको निर्माण रहेको गीतलाई प्रमोद खरेल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

 

 

784 shares