केपी ओली कप : सेमिफाइनलका दुवै खेल आज

2.15K shares

काठमाडौँ । काठमाडौँमा जारी केपी ओली कप २०८० को सेमिफाइनलका दुवै खेल आज बिहिबार हुँदैछन् । खेल साँढे ११ बजे र दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछन् ।

सेमिफाइनलको पहिलो खेल जावलाखेल युवा क्लब र न्यूरोड टिमबिच हुनेछ । जावलाखेलले क्वार्टरफाइनलमा आयोजक केपी ओली क्लबलाई हराएको थियो भने न्युरोड टिमले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै, दोस्रो सेमिफाइनलको खेल मछिन्द्र क्लब र मानेभञ्ज्याङ एफसीबिच ३ बजे हुनेछ । नेपाल पुलिसलाई हराउँदै मछिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको थियो भने मानेभन्ज्याङ एफसीले दिल्ली एफसीलाई हराएको थियो ।

सेमिफाइनलको खेल दशरथ रंगशालामा हुनेछन् । यसअगाडिका चरणका खेलहरु सातदोबाटोको एन्फा कम्प्लेक्समा भएका थिए । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

2.15K shares