बिश्वभर एकसाथ फेसबुक सटडाउन

8.39K shares

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा अवरोध देखिएको छ। मेटाका यी तीनवटै सामाजिक सञ्जाल प्लाटफर्म चल्न नसकेका कारण लाखौँ प्रयोगकर्ताले पहुँच गुमाएका छन्। नेपालमा मंगलबार साँझ अचानक कुनै सन्देश नदिई फेसबुक एकाउन्ट लगआउट भएको छ। कयौं प्रयोगकर्ताले अचानक फेसबुक लगआउट भएपछि ह्याक भएको अनुमान गर्दै अन्य सामाजिक सञ्जालमा लेखेका छन्।सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।

फेसबुकको सर्भर स्टाटस हेर्दा ुलग इनुमा समस्याको सामना गरिरहेको र इन्जिनियरिङ टोलीहरू सक्रिय रहेकाले सकेसम्म चाँडो समस्या समाधान गर्न खोजिरहेको सूचना राखिएको छ।

8.39K shares