निजी कलेजका संचालकलाई इन्जिनियरिङ अध्ययन संस्थानको डिन पद उपहार, सर्वत्र विरोध

1.05K shares
ishwor movie

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको निमित्त डिन नियुक्तीलाई लिएर विवाद चर्कीएको छ । संस्थानमा गैरप्राविधिक व्यक्तिलाई नियुक्त गरिएपछि विवाद चर्कीएको हो ।

केहि समयअगाडि मात्रै त्रिविमा (मेरिटोक्रेसीको आधारमा दावी गरिएको) उपकुलपति नियुक्त गरिएको थियो । उपकुलपतिमा केशरजंग बराल नियुक्त भएका थिए । उनैले इन्जिनियरिङ अध्ययन संस्थानमा अप्राविधिक व्यक्ति विनोदकुमार भट्टराईलाई डिन नियुक्त गरेपछि विवाद चर्कीएको हो ।

भट्टराई प्राइभेट कलेज कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीका व्यावस्थापन समूहका सदस्य हुन् । पोखरा विश्वविद्यालयको सम्बन्धन पाएको निजी इन्जिनियरिङ कलेज हो कसमस । निजी कलेज संचालकलाई संस्थानमा नियुक्त गरिएपछि सरोकारवाला निकाय र विद्यार्थी संगठन विरोधमा उत्रीएका छन् ।

अनेरास्ववियु प्राविधिक विद्यार्थी संघ (सान) ले गैरप्राविधिक व्यक्तिलाई राजनीतिक पुर्वाग्रहको आधारमा नियुक्त दिइएकोमा आपत्ती जनाएको छ । यो नियुक्तीलाई तत्कालै सच्याएर प्राविधिक क्षेत्रकै डिन नियुक्त गर्न अनेरास्ववियुले माग गरेको छ । अन्यथा, गम्भिर कदम चाल्ने चेतावनी पनि संगठनले दिएको छ ।

अनेरास्ववियुका केन्द्रिय सचिव एवं प्रवक्ता प्रकाश पौडेलले निजी कलेजका माफियालाई डिन उपहार दिएको आरोप लगाएका छन् । उनले संस्थानको साख गिराउनका लागि भट्टराईको नियुक्ती भएको बताएका छन् ।

संस्थानले आइतवारदेखि नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिँदैछ । प्रवेश परीक्षामा न्यूनतम पास अंक तोकिएको छैन । उर्तिणांक नतोकि सम्बन्धन प्राप्त क्याम्पसहरुलाई संस्थानले तोकेको कोटाको १५० प्रतिशत हुन आउने संख्या अध्ययनका लागि सिफारिस गरिने बताइएको छ । यो कदम संस्थानलाई धरासायी बनाउने तर्फ अग्रसर देखिएको प्रवक्ता पौडेलले बताए ।

नियुक्तीको विषयलाई लिएर पुल्चोक क्याम्पसकै सहायक प्राध्यापक शुक्र पौडेल पनि विरोधमा उत्रीएका छन् । उनले लज्जास्पद नियुक्ती भनेर सामाजिक संजालमा लेखेका छन् ।

1.05K shares